पीपीएल(टी–ट्वान्टी)क्रिकेट प्रतियोगिताका लागि चितवन राईनोजले ल्यायो दुई विदेशी खेलाडी

पीपीएल(टी–ट्वान्टी)क्रिकेट प्रतियोगिताका लागि चितवन राईनोजले  ल्यायो दुई विदेशी खेलाडी

चितवन, ६ कात्तिक । यसै साता देखि पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल)टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि चितवन राईनोजले दुई विदेशी खेलाडी ल्याएको छ ।

पोखरा रंगशालामा कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगिताका लागि चितवनले दुई भारतीय खेलाडी अनुबन्ध गरेको हो ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले विदेशी कोटामा सन्नी पटेल र समित पटेललाई टिममा भित्राएको हो ।

दुई खेलाडीको आगमनसंगै टिम पुर्ण रुपमा प्रतियोगिता खेल्न तयार भएको चितवन राईनोजले जनाएको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कार्तिक २० सम्म संचालन हुनेछ ।