प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना
काठमाडौं,१२कात्तिक । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीर्ला ओलीलाई अस्पताल भर्ना गरिएको छ। ओलीलाई खोकि बढ्दै गएपछि संक्रमण हुने डर भएकोले उपचार भन्दापनि पुर्वसावधानिका दृष्टिले अस्पताल भर्ना गरिएको उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।
‘उहाँलाई शिक्षण अस्पतालमा राखिएको छ। केहिदिन देखि अस्वस्थताका कारण निवासमै आराम गरिरहनु भएको थियो।’ अर्यालले भने । प्रधानमन्त्री ओलीका करिब एकदशक अघि मृगौला प्रत्यारोपण गरिएकोले स्वास्थ्यमा विशेष हेरचाह गर्नु पर्ने हुन्छ। केहि दिनअघिमात्रै विरामी भएका कारण ओली नेकपाले गरेको चियापानमासमेत सहभागी हुन सकेका थिएनन्।
