साहित्यकार तेज विलास अधिकारीको `उद्देक´ बिमोचन

साहित्यकार तेज विलास अधिकारीको `उद्देक´  बिमोचन

सन्जय पोखरेल

इच्छाकामनाका प्रभावशाली साहित्यकार  तेजविलास अधिकारीको दोस्रो हाइकु सङ्ग्रह उद्वेगको विमोचन गरियको छ । इच्छाकामना ३ चुम्लिङ टारमा सिद्धार्थ रिसोर्ट मा यहि मंसिर ८ गते प्रकाश अधिकारीले सन्चालन गर्नु भएको कार्यक्रममा इश्वर विलास अधिकारी को अध्यक्षता तथा नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता बिमोचन गरियको थियो । प्रमुख अतिथी नारायण प्र अधिकारी र प्रताप गुरुङ , गोबर्धन अधिकारी , एकराज शर्मा , कृष्णप्रसाद पोखरेल ,माधवप्रसाद खनाल र रेवती राम पोखरेलको बाहुली बाट सम्युक्त रुपमा पुस्तक विमोचन गरिएको थियो । विमोचन पश्चात् कृतिका वारे सुजन सापकोटा र एकराज शर्माले प्रकाश पार्नुभएको थियो ।कृष्णप्रसाद पोखरेल वाट शुभकामना कविता वाचन गर्नुकासाथै बधाई दिनुभयको थियो । पछिल्लो समय साहित्यमा सक्रिय अधिकारी टियु अंतरगत सस्कृत विश्वबिधालय को उप प्राध्यापक समेत हुनुहुन्छ।