लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन आज इच्छाकामनामा बृहद् –याली हेरौँ १० फोटोमा
इच्छाकामना, ९ मंसीर । आजदेखि देशैभर सुरु लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ । लैगिङ्गक हिंसा र दुरव्यवहार, छैन हामीलाई स्वीकार भन्ने मुल नारा सहित १६ दिन अभियान शुरु भएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसम्बर १० सम्म अन्तर्रा्ष्ट्रिय अभियानका रुपमा १६ दिने अभियान मनाउने गरिन्छ ।
यसैबीच चितवनको एक मात्र इच्छाकामना गाँउपालिकाले बृहद् –यालीको आयोजना गरी सुरुवात गरेको छ । हरेकसमान श्रम समान ज्याला, महिलाको सम्मान, इच्छाकामनाको पहिचान भन्ने मूल नाराका साथ इच्छाकामना गाँउपालिका भित्र रहेको विद्यालय, टोल सुधार समिति, प्रहरी प्रसाशन स्थानीय संघ संस्था लगायतको सहभागितामा अभियानको पहिलो दिन कुरिनटारमा आज ¥यालीको आयोजना गरेको हो ।¥यालीमा विभिन्न संघसंस्थाहरुबा सयौको सहभागिता रहेको थियो ।
–याली समापन पश्चातको कार्यक्रमलाई सम्बोन्धन गर्दै हिंसा पिडित महिलाहरुलाई संरक्षण तथा पूर्नस्थाका लागि इच्छाकामना गाँउपालिकाले गाँउपालिका भित्र छिट्टै पुर्नस्थापना केन्द्र स्थापना गर्ने तयारी गरिरहेको गाँउपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताईन् । यस्तै हिंसामा परेका महिलाहरुलाई निःशुल्क कानुनी साहयताको व्यवस्था गाँउपालिकाले गर्न लागिएको गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठले ताए ।
इच्छाकामनागाउँपालिकाको आयोजना तथा माईती नेपाल चितवनको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
