नेकपा ३ नम्बर प्रदेश कमिटिमा इच्छाकामनाबाट प्रकाश अधिकारी

नेकपा ३ नम्बर प्रदेश कमिटिमा इच्छाकामनाबाट प्रकाश अधिकारी

चितवन, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको गत १२ गते बसेको सचिवालय बैठकले तय गरेका सातै प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक भएको छ ।

नेकपाले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको थियो ।यद्यपी नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न भने बाँकी छ । सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने नेकपाको तयारी छ । चितवनबाट भने नेकपा ३ नम्बर प्रदेश कमिटिमा २४ जना परेका छन् ।२४  जना मध्ये इच्छाकामना गाउँपालिकाबाट प्रकाश अधिकारी प्रदेश कमिटीमा परेका छन् ।

साविक ने.क.पा. एमालेबाट १३ जनामा कृष्णभक्त पोखरेल, दावादोर्जे लामा, प्रभा बराल, जगन्नाथ थपलिया, शैंलेन्द्र पिया, विजय सुवेदी, लिलाधर आचार्य, शारदा कुमाल, प्रकाश अधिकारी, पिताम्वर शर्मा, सिता बस्याल, शान्ति अधिकारी, शिवकुमार गोतामे रहेका छन ।

साविक ने.क.पा। (माओवादी केन्द्र०) बाट ११ जनामा घनश्याम दाहाल, ठाकुर ढकाल, कञ्चन खनाल, यमबहादुर परियार, बद्री तिमिल्सिना, राजध्वज डल्लाकोटी, प्रकाश खनाल, संगिता भटटराई, बाबुराम खरेल, अर्जुन पाठक र ओम पाण्डे रहेका छन् ।