इच्छाकामनामा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

इच्छाकामनामा  लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

कुरिनटार,२४ मंसिर । ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा चितवनको एक मात्र गाउँपालिका  इच्छाकामनामा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । मंसिर ९ गतेबाट देशभर सुरु भएको लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज विभिन्न कार्यक्रमको समिक्षा गरि समापन गरिएको हो ।
अभियानको क्रममा हिंसामा परेका दुई जनालाई उद्धार गरिएको जनाएको छ । एक जना महिलाबाट पीडित पुरुष र पुरुषबाट पीडित एक एक महिलालाई उद्धार गरिएको गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो

 

कार्यक्रमका संयोजक तथा गाउँपालिकाकी अध्यक्ष गीता गुरुङको अध्यक्षमतामा भएको कार्यक्रममा उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रवक्ता सावित्रा गुरुङ महिला बालबालिका कार्यालयकी प्रमुख मिना लामा माईती नेपालका इश्वर गिरि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख नविनराज बुढाथोकी पत्रकार स्थानीय लगायत विभिन्न संघ–सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुले १६ दिन मात्र नभई यस्ता कार्यक्रमहरु अरु बेला पनि निरन्तर गर्न आवस्यक रहेको बताएका थिए । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु आयोजना गरेका थिए ।