सिरहामा भेटियो प्रेसरकुकर बम

सिरहामा भेटियो प्रेसरकुकर बम

सिरहा,८ पुष । सिरहाको गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिक आइतबार बिहान प्रेसरकुकर बम भेटिएको छ। गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ शक्तिशाली प्रेसरकुकर बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छैन्। घटनास्थल अहिले सिरहाको चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले २०० मिटरको दूरीमा घेरा हालेर राखेको छ। त्यस क्षेत्रमा आवतजावत बन्द गरिएको छ। स्वतन्त्र तराई निर्माण सेनाको पर्चा बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चा भेटिएको छ। मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासनविरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको त्यसका लागि हुने संघर्षलाई निरन्तराता दिन सहयोगको अपेक्षा गरिएको उलेख छ।