आत्मलोचना गरेपछि प्रचण्डलाई गाली गर्दा पक्राउ परेका प्रधान छुटे

आत्मलोचना गरेपछि प्रचण्डलाई गाली गर्दा पक्राउ परेका प्रधान छुटे

चितवन, ८ पुष । पूर्व प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई सामाजिक सन्जालमा गाली गरेको आरोपमा आज दिउसो पक्राउ परेका चितवनका होटल ब्यवसायी एबं नेपाली काँग्रेसका महासमिती सदस्य सुबोध प्रधानलाई प्रहरीले साँझ छाडेको छ ।

पटक पटक नेकपा अध्यक्ष ‘प्रचण्ड’ को मानमर्दन हुनेगरी स्टाटस लेखेको उजुरी प्रहरीमा परेपछि पक्राउ परेका प्रधानलाई उनको परिवार, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको रोहबरमा आत्मआलोचना गरेपछि हरेक दिन तारेख धाउने गरि छाडिएको चितवन प्रहरीले जनाएको छ ।

अबका दिनमा यस्ता किसिमको कार्य समाजिक सञ्जालमा लेखेमा कोहीर कुनै पनि पार्टी पार्टीले निजलाई छुटाउन सहयोग नगर्ने, विद्युतीय अपराधमा मुद्दा चलाउन सहयोग गर्ने, फेरि यस्ता कार्य भए त्यहिलाई प्रमाण मान्ने र घुडा टेकेर आत्मलोचना गरेपछि उनी छुटेका हुन ।

प्रधानले चितवन जिल्ला प्रहरी प्रमुख एसपी सुशिलसिहं राठौरको कार्यकक्षमा नै आत्मआलोचना गरेका थिए । प्रधानलाई नेकपा चितवनका यमबहादुर परियार, तेजेन्द्र खड्का, बद्री तिमिल्सीना, नेपाली काग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठ, सचिव उत्तम जोशी, नेपाल बार एसोशियसन चितवनका अध्यक्ष कमलराज पाठक र उनका दाजु सुभाष प्रधानको रोहबरमा छाडिएको हो ।

नेपाली कांंग्रेसका महासमिति सदस्यसमेत रहेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाईल्डलाईफ रिसोर्टका प्रमुख एवम् तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् । प्रधानले यसअघि पनि विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमा गाली गर्ने गरेको गुनासाहरु आईरहेका थिए ।