एचआईभी संक्रमित बालबालिकालाई प्रधानमन्त्रीले दिए न्यानो कपडा
काठमाडौं,९ पुष । एचआईभी संक्रमित बालबालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले न्यानो कपडा वितरण गरेका छन् । धान्य पूर्णिमा अर्थात योमरी पूर्णिामाका दिन प्रधानमन्त्री कार्यलय बालुवाटारमा बोलाएर कीर्तिपुर भत्केपाटीस्थित बेबी लाइफ होमका २३ जना संक्रमित बालबालिकालाई ज्याकेट बाँडेका हुन् ।
जाडोमा प्रधानमन्त्रीबाट न्यानो ज्याकेट पाएपछि बालबालिका निकै खुसी भएको बालबालिकाका अभिभावक बनेका संस्थाका अध्यक्ष राजकुमार पुनले बताए।
केही बर्षदेखि ओली दम्पतीले संक्रमित बालबालिकालाई सहयोग गर्दै आएका छन् । संक्रमित बालबालिकाकी आमाको भूमिका निभाइरहेकी उमा गुरुङ्ले भनिन् उहाहरुले कुनै पनि चाडपर्वमा छुटाउनु हुन्न, नानीबाबुलाई सम्झिनुहुन्छ
यी बालबालिकाकाका बारेमा मिडियामा समाचार आएपछि उनीहरुलाई खोज्दै प्रधानमन्त्री पत्नी राधिका शाक्य कीर्तिपुर पुगेकी थिइन् । त्यसपछि उनले बालबालिकालाई सहयोग गर्दै आएकी छिन् ।
