३ नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

३ नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

हेटौंडा, ९ पुष । ३ नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको छ । यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका शान्ति पार्क छनोट गरी निर्माण गर्न स्थान छनोट गर्ने, प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक सुविधा सम्बन्धी ऐन २०७५ को अनुसुची १ र २ तथा ऐनको संसोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।
त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सहकारीमा आधारीत सामुहिक खेति स्किम संचालन गर्ने समेत निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल सहित उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागि हुनुहुन्थ्यो ।