क्रिसमसको अवसरमा गोरखाका विद्यार्थीहरुलाई टिपिन बक्स वितरण  

क्रिसमसको अवसरमा गोरखाका विद्यार्थीहरुलाई टिपिन बक्स वितरण  

गोरखा, पौंष ०९  । प्रभु येशु खिष्टको जन्मोत्सव क्रिसमसको पावन अवसरमा गोरखा नगरपालिका–१३, ठिमुरे स्थित ठिमरे चर्चले ५ वटा विद्यालयका विद्यार्थीहरुलाई आज खाजा खाने टिपिन बक्स वितरण गरेको छ । सोही नगरपालिकाको वडा नं. १३ मा रहेको विभिन्न ५ वटा विद्यालयका १ देखि कक्षा ५ सम्मका २ सय ६५ जना विद्यार्थीहरुलाई टिपिन बक्स वितरण गरिएको हो । चर्चका प्रास्टर चन्द बहादुर तामाङ्ग र वडा नंं १३ का वडाध्यक्ष हरि बहादुर खनालको नेतृत्वमा गएको टोलीले फूलबारी प्राथमिक विद्यालय, राम शाह माध्यमिक विद्यालय, बन्देवी विद्यालय, राम शाह निम्न माध्यमिक विद्यालय र कर्मसिंङ प्राथमिक विद्यालयमा गएर २ सय ६५ जना विद्यार्थीहरुलाई टिपिन बक्स वितरण गरिएको चर्चका पास्टर तामाङ्गले जानकारी दिनुभएको छ ।