Breaking news चुम्लिङटारमा मोटरसाईकल दुर्घटना एक जना गम्भिर घाईते

Breaking news चुम्लिङटारमा मोटरसाईकल दुर्घटना एक जना गम्भिर घाईते

इच्छाकामना, १० पुष । चुम्लिङटारमा मोटरसाईकल  दुर्घटना हुदाँ एक जना घाईते भएका छन् । काठमाडौँबाट मुग्लिन तर्फ आउदैँ गरेको बा ८६ प ५३ ७३ नम्बरको मोटरसाईकल पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छकामना ३ चुम्लिङमा केहीबेर अघि दुर्घटना हुदाँ मोटरसाईकल चालक गम्भिर घाईते भएका हुन् ।

उनलाई अहिले स्थानियले उद्धार गरि मनकामना पोलिक्लिनिक कुरिनघाटमा उपचारका लागि लगिएको छ । अहिले प्रहरी र एम्बुलेन्स पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
घाईते परिचय खुलेको छैन । थप विवरण आउन बाँकी ।