यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु, आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने सम्म

यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु, आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने सम्म

काठमाडौं,१२ पुष । मन्त्रि परिषदको बैठकले गरेका निर्णयहरु सार्वनिक गरिएको छ । सरकारले आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ।

गत शुक्रबार तथा सोमबार बसेको मन्त्रि परिषद् बैठकले उक्त निर्णय गरेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रिविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त कामका लागि प्रक्रिया अघि बढाउने नीतिगत निर्णय लिइएको जानकारी दिएका हुन्।