राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौँ,१३ पुस । नेपालको राष्ट्रगानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माइला)लाई पितृशोक परेको छ ।

उनका पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा ओखलढुङ्गाको मानेझन्ज्याङ गाउँपालिका वडा नम्बर ६ को हिलेपानीमा रहेको घरमा बिहीबार राति १ बजे निधन भएको हो ।

उनलाई २०६७ सालमा मस्तिष्कमा समस्या देखिएको थियो । राइ लामो समयदेखि मधुमेहबाट पनि पीडित रहेका थिए । राईका तीन छोरा र एक छोरी छन् ।