इच्छाकामनाको पर्यटन क्षेत्रमा टेवा पु¥याउन फस्ट त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियनसिप

इच्छाकामनाको पर्यटन क्षेत्रमा टेवा पु¥याउन फस्ट त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियनसिप

इच्छाकामना, १३ पुष । त्रिशुली नदीमा फस्ट त्रिशुली फ्रि स्टाईल कायक च्याम्पियनसिप (First Trishuli  Freestyle kayak Championship )हुने भएको छ । नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ (NEPAL RAFT AND KAYAK CLUB FISHLING)को आयोजनामा पौष २१ जनवरी ५ मा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता चितवनको इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङ स्थित त्रिशुली नदीमा संचालन हुने छन् । प्रतियोगितामा पहिलो हुनेले रु १५ हजार नगद र प्रमाणपत्र , द्वितिय हुनले रुं १० हजार नगद र प्रमाण तथा तेश्रो हुने रु ५ हजार र प्रमाण प्राप्त गर्ने आयोजक नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङले जनाएको छ ।

नदी पेशामा आवद्ध रिभर गाईडहरुको क्षमता बृद्धि,यूवाहरुलाई प्रोत्साहन, इच्छाकामना गाउँपालिकाको पर्यटन क्षेत्रको प्रचारप्रसार गरि स्वदेशी तथा विदेशी पर्यटहरुको बृद्धि गर्न, यस प्रतियोगितालाई इच्छाकामनाको पहिचानको रुपमा विकास गर्न र नदी संरक्षणका लागि जनचेतना फैलाउन यस प्रतियोगिताको मुख्य उदेश्य रहेको क्लबका अध्यक्ष मिलन गुरुङले बताउनुभयो ।