पूर्वी चितवनको दुर्घटनामा परि एपिवान क्यामरा म्यानको मृत्यु

पूर्वी चितवनको दुर्घटनामा परि एपिवान क्यामरा म्यानको मृत्यु

चितवन, १३ पुष । पूर्वी चितवनको रत्ननगर १ निपनीमा आज भएको दुर्घटनामा १ जना युवकको मृत्यु भएको छ ।भरतपूरवाट टाँडी तर्फ जाँदै गरेको ना। २ ख २१६६ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना।६१।प ९२१ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा चितवन भरतपूर ९ बस्ने २६ वर्षिय प्रविन पौडेलको मृत्यु भएको हो ।

ट्रकको ठक्करवाट गम्भीर घाईते पौडेलको भरतपूर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको छ । घाईते पौडेल एपीवान एचडी टेलिभिजनका क्यामरापर्सन थिए ।