प्रचण्डद्वारा ल्होसारको शुभकामना –एकता र बन्धुत्वको भावना विकास गर्न सकोस

प्रचण्डद्वारा ल्होसारको शुभकामना –एकता र बन्धुत्वको भावना विकास गर्न सकोस

काठमाडौं,१५ पुष । नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु ९गुरुङ० दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । तमु ९गुरुङ० समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा यो चाड मनाउने गरिन्छ ।

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ‘सांस्कृतिक विविधता नै हाम्रो देशको मौलिकता हो । यसप्रकारका सांस्कृतिक पर्वहरुले सम्पूर्ण नेपालीहरुमा सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्दछ । मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पुरा हुन सक्दछ । राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त हो । तमु ल्होसारले
नेपाली जनसमुदायमा सामाजिक एकता र बन्धुत्वको भावना विकास गर्न सकोस् भन्ने कामना गर्दछु ।’