चितवनमा पनि छैटौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइयो, विरामीलाई निशुल्क अण्डा वितरण

चितवनमा पनि छैटौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइयो, विरामीलाई निशुल्क अण्डा वितरण

चितवन १७ पुस । पोल्ट्री व्यवसायले राष्ट्रिय आयमा चार प्रतिशत योगदान दिँदै आएको छ । मासुमा नेपाल आत्मनिर्भर पनि भएको छ । नेपालमा पोल्ट्री व्यवसाय फष्टाउदो क्रममा रहेको छ ।
पोल्ट्रीलाई व्यवसायीहरुले दिवसको रुपमा मनाउन थालेका छन । नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत भएको दिन विसं २०१७ पुस १७ गतेलाई स्मरण गर्दै २०७० सालबाट पोल्ट्री दिवस मनाउन लागिएको हो ।

दिवसको अबसरमा खुकुरा व्यवसायी संघ पूर्वी चितवनले रत्ननगरमा प्रभातफेरी,अन्र्तक्रिया र रक्तदान कार्यक्रम गरेको छ । अन्र्तक्रियामा व्यवसायीहरुले खुकुरापालनमा देखापरेका समस्या र नीतिगत समस्याका बारेमा छलफल गरेको संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । प्रदेश साँसद कन्चन खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रम संघका अध्यक्ष भीमनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
दिवसको अवसर भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामी र आफन्तलाई अण्डा वितरण गरिएको छ । दुई अस्पतालका दुई हजार जनालाई अण्डा वितरण गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा रेवन्तकुमार भट्टराईका जानकारी दिए ।
भरतपुर अस्पतालमा अण्डाको महत्वमाथि मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेल र फिजिसियन डा भोजराज अधिकारीले अण्डा र कुखुराको मासुमा पाइने तत्व कस्तो कस्तो बिरामीलाई उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी दिएका थिए ।
क्यान्सर अस्पतालमा डा कृष्णसागर पौडेलले अण्डा र कुखुराको मासुबाट हुने फाइदाबारेमा जानकारी दिए । कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष प्रा डा होमबहादुर बस्नेत, महासचिव डा रेवन्तकुमार भट्टराईले दिवसको वारेमा प्रकाश पारेका थिए । आज नै खुल्ला रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । सो अवसरमा दाना उद्योग संघका अध्यक्ष विनोद पोख्रेरलले रक्तदान गरि कार्यक्रमको सुरु गरेका थिए ।