आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं,१९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो एक बजे प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रधानमन्त्रीले समसामयिक राजनीति र सरकारका पछिल्ला कार्यप्रगतिबारे संसदलाई जानकारी गराउने कार्यसूची रहेको संयोजक अधिकारीले जानकारी दिए। संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध उठाएका सवालको पनि जवाफ दिने कार्यक्रक छ।

पछिल्लो समय सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै असन्तुष्टि रहँदै आएको छ। सरकार असक्षम भएको भन्दै प्रतिपक्षी दलले आलोचना गर्दै आएको छ।