मनकामनादेखि गोरखा बजार सम्म सिधै बसमा सरर.. यस्तो छ भाडा दर

मनकामनादेखि गोरखा बजार सम्म सिधै बसमा सरर.. यस्तो छ भाडा दर

मनकामना, २२ पुस । गोरखाको मनकामनाबाट शहिद लखन गाउँपालिकाको केन्द्र घैरुङ्ग हुदै जिल्ला सदरमुकाम गोरखासम्म आज देखि नियमित रुपमा सिधै सार्वजनिक बस सञ्चालन सुरु भएको छ । बस सेवाको आज बिहान शहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले रिबन काटेर उद्घाटन गरी नियमित बस सेवा सञ्चालन सुरु भएको घोषणा गर्नुभएको हो ।
गाउँपालिकासँगको समन्वयमा गोरखा यातायात प्रा.लि.ले आजदेखि मनकामनाबाट बिहान ८ः३० बजे घैरुङ्ग हुदै गोरखाको लागि र गोरखा सदरमुकाम देखि दिउँसो १ः३० बजे घैरुङ्ग हुदै मनकामनासम्मको लागि नियमित रुपमा सिधा बस सेवा सञ्चालन सुरु गरिएको हो । पछिल्लो संघिय संरचना अनुसार साविकको मनकामना, घैरुङ्ग, बक्राङ्ग, ताक्लुङ्ग, बुङकोट र नामजुङ्ग गरी ६ वटा गाविसहरु मिलाएर शहिद लखन गाउँपालिका स्थापना गरेपछि घैरुङ्ग केन्द्र कायम गरिएको थियो । गाउँपालिकाको केन्द्र घैरुङ्ग कायम गरिएपछि शहिद लखन गाउँपालिका वडा नं.१,२,३,४ र ५ का अधिकांश वडावासीलाई गाउँपालिका केन्द्र पुग्न महङ्गो भाडा तिरेर गाडी रिजर्भ गरेर वा मोटरसाइकलमा जानुपार्ने बाध्यता थियो ।
उद्घाटन पश्चात कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रमेश बाबु थापाले बस सेवा सञ्चालन गरिएको राजमार्ग स्तरोन्नति गरी कालोपत्रे गर्नको लागि संघ प्रदेश र स्थानीय सरकारको समन्वयमा पहल भैरेहेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले बताउनुभयो ।

यस्तो छ भाडा दर

र मनकामना देखि तोरेन रु, २०,
जुम्ली चौतारा ४०,
डाडाँगाउँ ५०,
माथिल्लो गाउँ ६०,
तिनमाने ७५,
राना गाउँ ८५,
घैरुङ्ग १००,
खगी ११०,
नामजुङ १२०,
देउराली १५०,
गैरी चौतारा १७०,
खाप्दी भञ्ज्याङ्ग १७५,
मकैपुर १८०,
समि चौतारा १८५,
वनकाली १९०,
ढुङगार्ड २००
र गोरखासम्म पुग्दा २२० प्रतिव्यक्ति भाडा