मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

भरतपुर , २३ पुस । चितवनमा मोटरसाईकल दुर्घटनता हुदाँ दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा न. १० रिजालचोकमा आज बेलुका भएको मोटर साईकल दुर्घटनामा पर्वत जिल्ला घरभई हाल भरतपुर महानगरपालिका ७ बस्ने २८ वर्षका मोटरसाईकल चालक युवराज थापा र भरतपुर महानगरपालिका १० बस्ने ४२ वर्षका पैदल यात्री रमेश विक्रम थापा रहेको चितवन प्रहरीले जानकारी दिएको छ । रिजाल चोकबाट मेनरोड तर्फ आउदै गरेको ना ४८ प ३७५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिएपछि बाटोमा हिडिरेका पैदल यात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने
प्रहरीका अनुसार मोटरसाईकल चालक युवराज थापाको भरतपुरको सरकारी अस्पताल र पैदल यात्री रमेश विक्रम थापाको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।