आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल

चितवन २४ पुस  । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रप्रसाद पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई आयल निगमको प्रमुखमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा पौडेललाई नियुक्त गरिएको हो। उदयपुर सिमेन्टको महाप्रबन्धकबाट सोमबारमात्र राजिनामा दिएका पौडेल चार्टट एकाउन्टेन्ट हुन्।

मन्त्रालयले पौडेलसँगै तारानाथ पौडेल र अनिलकुमार झाको नाम सिफारिस गरेको थियो। सरकारले खुल्ला प्रतिस्पर्धाकाे माध्यमबाट उनलाइ नियुक्त गरेकाे छ। गाेपालबहादुर खड्का अनियमितताकाे आराेप लागेर निगम छाेडेपछि निमत्तकाे भरमा  निगम चलिरहेकाे थियाे।

खड्का विरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले साेमबार नै विशेष अदालतमा भ्रष्टाचारकाे मुद्दा दायर गरेकाे छ।