चर्चित गायक गोरखाका गणेश गुरुङले हात पारे ‘सर्वोकृष्ट कौडा किङ’को अवार्ड
काठमाडौं, २४ पुस । लोकप्रिया लोकदोहोरी गायक गणेश गुरुङले सर्वोत्कृष्ट कौडा किङ’को अवार्ड जितेका छन् । पछिल्लो समय निकै ब्यस्त भएका लोकप्रिय कौडा किङ सर्जक तथा गायक गणेश गुरुङले मनास्लु मिडिया प्रालिद्वारा आयोजित ‘दोस्रो मनास्लु राष्ट्रिय अवार्ड–२०७५’ सम्पन्न अवार्डमा सर्वोत्कृष्ट कौडा किङ’को अवार्ड हात पारेका हुन् । शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उक्त अवार्ड सम्पन्न भएको थियो ।
पूर्व सभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड समारोहमा ३९ विधामा विभिन्न व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
पछिल्लो समय कौडा किङ गणेश गुरुङ नेपाल मा रहेका छैनन् । उनी सांगितक कार्यक्रमका लागि यूरोपमा रहेका छन् । सांगितक कार्यक्रमका लागि यूरोपको बेल्जियम पुगेका हुन् ।
गुरुङ जातीको महान पर्व ‘तमु ल्होसार’को अवसरमा ‘तमु समाज बेल्जियम’को आयोजना रहेको कार्यत्रलममा कौडा किङ गणेश गुरुङ आफ्नो सांगितक प्रस्तुती दिन यूरोपस्थित बेल्जियम पुगेका हुन् । कार्यक्रमका लागि कौडा किङ गुरुङका साथमा गायक नरजंग गुरुङ पनि बेल्जियम गएका छन् ।
देशविदेशमा निकै व्यस्त गायक गुरुङ कौडा किङ्गको रुपमा परिचित छन् ।
