चुम्लिङ्गटारमा मनोशक्ति एंव नेतृत्व विकास तालिम

चुम्लिङ्गटारमा मनोशक्ति एंव नेतृत्व विकास तालिम

कुरिनटार,२६ पुस । इच्छाकामनामा एक दिने मनोशक्ति एंव नेतृत्व विकास तालिम सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिकाको आयोजनामा इच्छाकामना ३ चुम्लिङ्गटार स्थित सिद्धार्थ होटलमा तालिम सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय, सुरक्षाकमी, शिक्षक, पत्रकार, राजनिति दलका प्रतिनिधि,विभिन्न संघसस्थाका प्रतिनिधि कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

गाउँपालिकाकी अध्यक्ष गीता गुरुङको सभापतित्वमा तालिम सम्पन्न भएको हो । तालिममा महिला र पुरुष गरि २ सय जनाको सहभागिता रहेको थियो ।
बिपी रेग्मी र पुरुषोतम कोईराला तालिमको प्रशिक्षक रहेका थिए ।