१२ औँ चितवन महोत्सवको तेश्रो दिन, आज मेरी बास्सैका कलाकारको प्रहसन तथा आधुनिक गीत प्रतियोगिता हुने

१२ औँ  चितवन महोत्सवको तेश्रो दिन,  आज मेरी बास्सैका कलाकारको प्रहसन तथा आधुनिक गीत प्रतियोगिता हुने

चितवन,२७ पुस । १२ औं संस्करणको चितवन महोत्सवको तेस्रो दिन आज हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकारहरुको हास्य प्रहसन रहने भएको छ । मेरी बास्सैका कलाकारहरु घिरौली र सापटीको प्रस्तुती रहने भन्दै दर्शकको संख्या बढ्ने आयोजकको अपेक्षा छ ।

यस्तै आजनै आधुनिक गीत प्रतियोगिता को पनि आयोजना हुँदैछ । प्रतियोगितामा १० जनाले आफ्नो प्रस्तुती दिनेछन् । करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवको आज नारायणी कला मन्दिर, रोयल डान्स सेन्टर, चितवन डान्स सेन्टर, नेपाल तामाङ घेदुंग, नेपाल भुजेल सेवा समाजले सांस्कृतिक नृत्य पनि प्रस्तुत गर्नेछन् ।

हिजो दोस्रो दिन करिव १० हजारले अवलोकन गरेका छन् । दोस्रो दिन बिहीबारबाट नै सांस्कृतिक कार्यक्रम सुरु भएपछि अवलोकनकर्ताको चाप बढेको हो ।

। दोस्रो दिन चर्चित हाँस्य कलाकार जीतु नेपालको प्रस्तुतीमा दर्शक पेट मिचीमिची हासेका थिए । हिजो बाट नै लोकगीत प्रतियोगिता समेत सुरु भएको छ । ११ जना प्रतियोगि कलाकारहरुले आफ्नो प्रस्तुती रहेको थियो ।