मृगौंला रोगबाट ग्रसित सफलता श्रेष्ठको उपचारको लागि आर्थिक संकलन कार्य सुरु

मृगौंला रोगबाट ग्रसित सफलता श्रेष्ठको उपचारको लागि आर्थिक संकलन कार्य सुरु

आँबुखैरेनी, २८ पौंष । मृगौंला रोगबाट ग्रसित आँबुखैरेनी निवासी एक किशोरीको उपचारको लागि आर्थिक संकलन कार्य सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३, पानीघट्टकी मृगौंला रोगबाट ग्रसित १३ वार्षिय सफलता श्रेष्ठको उपचारको लागि आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठको आग्रहमा आर्थिक संकलन कार्य सुरु भएको हो । स्थानीय समाजसेवी (इम बहादुर के.सी.) केदार के.सी.ले नगद १० हजार ५ सय १० रुपैंया सफलता श्रेष्ठको परिवारलाई हस्तान्तरण गरेका छन् । यस्तै, सफलता श्रेष्ठको जिनव रक्षाकोे लागि आर्थिक सहयोग गरिदिन परिवारले सबैसँग आग्रह गरेका छन् । यस अघि उनको जिवन रक्षाको लागि लायन्स तथा लियो क्लब अफ आँबुखैरेनीले आर्थिक सहयोग संकलन कार्यक्रम गरेको थियो ।