लेवाटारमा डिआई र मोटरसाईकल ठोक्किदाँ दुई जनाको मृत्यु
कुरिनटार, ३० पुस । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ लेवाटारमा डिआई र मोटरसाईकल एकआपसमा ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ । आज दिउँसो ४ : ४५ बजे काठमाडौँबाट मुग्लिन तर्फ जादैँ गरेको प्रदेश ३–०२–००३ प ५२१० नम्बरको पल्सर मोटरसाईकल र मुग्लिनबाट फिस्लिङ जादैँ गरेको बा ६ प ३११० नम्बर डिआई एकआपसमा ठोक्किदाँ मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
मृतक मध्ये एक जनाको मात्र परिचय खुलेको छ । सिन्धुपालचोक पाँचपोखरी थाङपाल गाउँपालिका १ का २३ बर्षिय विवेक खनाल रहेको प्रहरीले जनाएको छ । उनको नागरिकता र निर्वाचन परिचयपत्र भेटिएको हो । अर्का एक जनाको परिचय खुल्न बाँकी छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार एक जनाको घटना स्थलमै र एक जनाको उपचारकालागि लैजादैँ गर्दा बाटैमा मृत्यु भएको हो । सवलाई भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
