पर्वतको मालढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३८ घाइते

पर्वतको मालढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३८ घाइते

पर्वत, ३ माघ । पर्वतको कुश्मा नगरपालिकास्थित मालढुंगामा बस दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । ३८ जना घाइते छन् । बिहीबार बिहान ७ बजे बेनीबाट नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ६० मिटर तल खसको अनलाइनखबरलाई बताए । उनका अनुसार घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई अन्यत्र रिफर गर्ने तयारी गरिएको छ ।