गोरखामा दक्षिण एसियाकै ठुलो रुख
गोरखा,३ माघ । दक्षिण एसियाकै ठुलो समीको रुख जिल्लाको गण्डकी गाउँपालिका वडा नं ३ फुजेलमा भेटिएकाे छ । फुजेलमा रहेकाे समीको रुख दक्षिण एसियाकै ठुलो भएको अनुमान गरिएको हाे । फुजेलको याग्दीमा रहेको उक्त रुखलाई स्थानीयले आफ्नै पहलमा संरक्षण गरेका छन्।यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यो रुखनै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने स्थानियहरुको दावी छ । अहिले रुखको संरक्षण र प्रबद्धनको लागि स्थानियहरु लागि परका छन्। फुजेल पुग्ने जो कोही मानिस पनि यो रुख देखेर अचम्ममा पर्ने गरेका छन् । अहिले उक्त समीको रुख हेर्ने मानिसहरुको भिड लाग्ने गरेको छ।
यहाँ आउने जो कोही मानिस पनि सो रुखको फोटो खिच्न लालाहीत हुने गरेका छन् ।हेर्दा अनौठो लाग्ने सो रुखको संरक्षण र पर्यटकलाई आकर्षित गर्न भन्दै स्थानियहरुले पहल समेत सुरु गरेका छन् । स्थानियले रुखको वरिपरी जनश्रमदानमा काँडेतार लागाउनुको साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरेका छन् । करिब ३०० वर्ष पुरानो अनुमान गरिएको उक्त रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ ।रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो । उक्त रुखको सम्रक्षणको लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले समेत आर्थिक सहयोग गरेको छ।
दक्षिण एसियाकै ठूलो रुख समीको रुख हो भनेर आधिकारिक रुपमा प्रमाणित गर्न जिल्ला वन कार्यलय गोरखा मार्फत पहल थालिएको उहाले बताउनु भयो ।
करिब ३०० वर्ष पुरानो अनुमान गरिएको यो रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ । रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो । सो मन्दिरका पुजारी ललहरी पन्त रुखमा अलौकिक शक्ति रहेको बताउछन् ।
उहाका अनुसार रुखमा जो सुकै मानिस चढे पनि लड्ने भएकाले, कोही पनि नचढ्ने गरेको बताउछन् । रुखमा सर्प जस्ता लगायत अन्य अनौठा आकृति देखिने भएकाले पनि यस प्रति सबैको चासो बढ्न थालेको छ ।
सडक संजालसंग जोडिएको उक्त ठाऊँ काठमाण्डौबाट भौगोलिक रुपमा करिब १०० किलोमिटरको दुरीमा रहेको छ । पर्यटकीय दृष्ट्रिकोणबाट पनि अति नै सुन्दर ठाऊँ भएकाले र समिको रुख पनि एक पटक हेर्नै पर्ने खालको रहेकाले त्यहाँका बासिन्दाहरु सबैलाई घुम्न आउन निमन्त्रणा समेत गर्दछन् ।करिब ३०० वर्ष पुरानो अनुमान गरिएको यो रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ । रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो । सो मन्दिरका पुजारी ललहरी पन्त रुखमा अलौकिक शक्ति रहेको बताउछन् ।
