इच्छाकामनामा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच घाइते
कुरिनटार, ९ माघ । मंगलबार साँझ देखि परेको झरीसंगै पृथ्वीराजमार्गमा सवारी दुर्घटना बढेको छ । गएराती ११ : ३० बजे पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपािलका वडा न. ३ फिस्लिङमा दुई वटा ट्रक एकआपसमा ठोक्किदाँ ४ जना घाईते भएका छन् । घाईते मध्ये एक चालकको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनिहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ९७०६ नम्बर को मालबाहक ट्रक र काठमाडौँबाट मुग्लिङ तर्फ आउँदै गरेको ना ६ख ९८९९ नम्बर को ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएका हुन् ।
यसैबीच बुधबार विहान ८ बजे इच्छाकामना गाउँपालिका वडा न ३ कै चुम्लिङटारमा पनि दुई वटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
काठमाडौँ बाट कुरिनटार तर्फ आउँदै गरेको ना ६ ख ९१०६ नम्बरको ट्रक र काठमाडौँ तर्फ जाँदै गरेको ना ५ ख २७६२ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएका हुन् । र्दुघटनामा काठमाडौँ तर्फ जाँदै गरेको ट्रकको चालक घाइते भएका छन । उनको अहिले मनकामना पोलि क्लिनिक कुरिनघाटमा उपचार भैरहेको छ ।
लामो समयपछि सिमसिम पानी पर्दा सवारी साधन चिप्लएर अत्याधिक दुर्घटना हुने गरेका छन् ।
