कवि कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर)

कवि कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न (फोटो फिचर)

माघ १०, कुरिनटार । इच्छाकामना साहित्य प्रवाह, इच्छाकामनाको आयोजनामा “साधक/ भावक भेटघाट” कार्यक्रमको प्रथम शृङ्खला इच्छाकामना ३ चुम्लिङटार स्थित कवि निवासमा कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन सम्पन्न भएको छ ।

सर्वशान्ति मा.वि कुरिनटारका पूर्व प्र. अ. एकराज शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कवि पत्नी राधादेवी पोखरेल , समालोचक तेजबिलास अधिकारी, पूर्व प्र. अ. माधवप्रसाद खनाल र श्रीरेन्द्रप्रकाश पोखरेल , उद्योग ब्यबसायी चन्द्रमणी सापकोटा , कलाकार कमल सिलवाल, पत्रकार रोहिणी त्रिपाठी , शिक्षक सरस्वती पोखरेल लागायत इच्छाकामना साहित्यप्रवाह कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती थियो ।

कार्यक्रममा कवि पोखरेलका एक दर्जन कविता वाचन गरिएका थियो । कविका रचनालाई धुर्ब अधिकारी , सुजन सापकोटा , रामनाथ त्रिपाठी र बालप्रतिभा सोनिमा पोखरेलले समेत वाचन गर्नुभएको थियो । कार्यक्रमको विच विचमा कविका रेकर्डेड कविताको भिडियो प्रसारण साथै पालैपालो कविता वारे समीक्षात्मक टिप्पणि राखिएको थियो ।