देशका अधिकांश स्थानमा वर्षा

देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं, १२ माघ ।देशका अधिकांश स्थानमा वर्षा भइरहको छ । पश्चिमी वायुको कारण केहीदिनबाट मुलुकभरको मौसममा परिर्वतन आएसंगै शुक्रबार अपरान्हबाट अधिकांश स्थानमा वर्षा भएको हो । त्यसैगरी उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो ।

शुक्रबार रातिबाट शुरुभएको वर्षासँगै उपत्यकाको फुल्चोकी, चन्द्रागिरी जस्ता उच्च पहाडहमा हिमपात भएको छ । मुलुकको पश्चिमी क्षेत्रबाट मौसमा सुधार शुरु भईसकेको र आइतबार बिहानबाट काठमाडौं तथा अन्य स्थानको मौसममा सुधार आउने मौसमविद प्रधानाङ्गले जानकारी दिनु भयो ।