भाषा, संस्कृतिको पहिचान र संरक्षणमा टेवा पु¥याउन आबुँखैरेनीमा महोत्सव फोटो र भिडियो सहित

भाषा, संस्कृतिको पहिचान र संरक्षणमा टेवा पु¥याउन आबुँखैरेनीमा महोत्सव फोटो र भिडियो सहित

तनहुँ ,१७ माघ । आदीवासी जनजाती आँबुखैरेनी सांस्कृतिक महोत्सव सुरु भएको छ । नेपाल आदीबासी जनजाती आँबुखैरेनी गाउँ समन्वय परिषद तनहुँको आयोजनामा आँबुखैरेनी–३, सैबोटेमा महोत्सव सुरु भएको हो ।
माघ २७ गते सम्म संचालन हुने महोत्सवको बिहिबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चुमानले महोत्सवको माध्यमबाट जनजातीहरुको आफ्नो भाषा, संस्कार, संस्कृतिको जर्गेना गर्न सके मात्र महोत्सवले सार्थकता पाउने बताउनुभएको छ । उहाँले महोत्सवको सफलताको कामना गर्दै, महोत्सव सफल पार्न सबैको भूमिका महात्व पूर्ण रहने भएकोले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

“अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान” भन्ने मूल नाराका सुरु भएको महोत्सवमा यस क्षेत्रका ती समुदायहरुको भाषा, संस्कृतिको जर्गेना, पहिचान र संरक्षणमा टेवा पु¥याउने उद्देश्य तथा जनजाती समुदायको संग्राहलय भवन निर्माणको लागि महोत्सवको आयोजना गरिएको महोत्सव संयोजक रेशम भूजेलले बताउनुभयो ।


महोत्सवमा १ सय ४६ वटा स्टल रहेका छन् । १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, स्थानीय आदिवासी जनजातिको संस्कृति, आदिवासी जनजातिको नमूना घर, खानाका परिकार, भेषभूषा, धार्मिक एवंम पर्यटकीय स्थलको अवलोकन, कौंरा प्रतियोगिता, रमाईलो मेला, बाल उद्यान, भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, भजन प्रतियोगिता लगाएत महोत्सवको मुख्य आर्कषण रहेका छन् ।