इच्छाकामनामा मुग्लिन तेकान्दो डोजाङ को बिजय र्‍याली ।

इच्छाकामनामा मुग्लिन तेकान्दो डोजाङ को बिजय र्‍याली ।

माघ १८ कुरिनटार,

भारतको मुम्बईमा सम्पन्न भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनसिपमा नेपाल १७ स्वर्ण सहित ३५ पदक प्राप्त गर्दै दोश्रो र इच्छाकामना बाट सहभागी सबै खेलाडिले पदक जिते पछि मुग्लिन तेकान्दो डोजाङले सम्पुर्ण बिजयी खेलाडिलाई गाडीमा राखी  विजय र्‍याली   निकालेको छ।  बिजय र्‍यालीले इच्छाकामनाको विभिन्न गाउँ र बजार परिक्रमा गर्नेछ।यो जित कस्को नेपालको भन्दै अहिले परिक्रमा गर्ने क्रम चली रहेको छ।

समग्रमा नेपाली टोलि दोस्रो भएको खेलमा इच्छाकामनाको मुग्लिन तोक्वान्दो डोजाङबाट सहभागी सबै ६ जना खेलाडीले पदक जितेका थिए ।। मुग्लिन तोक्वान्दो डोजाङको तर्फबाट सहभागी खेलाडीहरु मध्ये सचिन थापा मगरले फाईटमा स्वर्ण र पुम्सेमा रजत पदक, प्रिती गुरुङले फाईट र पुम्से दुवैमा कास्य पदक, हेमराज गुरुङले पुम्सेमा स्वर्ण र फाईटमा रजत पदक, हेमन गुरुङले फाईटमा कास्य र पुम्सेमा रजत पदक, सुप्रिका गुरुङले पुम्सेमा रजत र फाईटमा कास्य पदक साथै मेलिना गुरुङ मगरले फाईटमा कास्य पदक जित्न सफल भएका थिए ।