नेपाल तामाङ घेदुङ इच्छाकामनाको शुभकामना आदान प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम चल्दै

नेपाल तामाङ घेदुङ इच्छाकामनाको शुभकामना आदान प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम चल्दै

माघ१९ मुग्लिङ,

नेपाल तामाङ घेदुङ इच्छाकामना गाउँ पालिकाले २८५५ औ सोनाम ल्होछार को शुभकामना आदान प्रदान तथा बृहत सास्कृतिक कार्यक्रम गरेको छ। मुग्लिङबजार मा संचालन भै रहेको कार्यक्रमको  प्रमुख अतिथी ने ता घे  संघिय कार्यसमिति  सल्लाहकार तथा पुर्ब कानुन राज्य मन्त्री दिलमान पाख्रीन ले कार्यक्रमको समुत्घाटन गर्नु भयको थियो भने कार्यक्रम को विशिष्ट अतिथि प्रदेश ३ प्रदेश सांसद माननीय मिलन बाबू श्रेष्ठ ,ने ता घे संघिय कार्यसमिति उपाध्यक्ष अमिर मोक्तान  र इच्छाकामना गाउँ पालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ हुनुहुन्थ्यो ।त्यस्तै कार्यक्रम  उद्घोषण  त्रीबेणी  बराह मावी का प्रअ युबराज लामाले गरिरहनु भयको छ।अहिले सास्कृतिक कार्यक्रम कलाकार हरि योन्जन लगायत को उपस्थितीमा चलिरहेको छ।