नगरप्रमुख र वडाअध्यक्षले नै विजुली चोरेपछि ….
रौतहट,२१ माघ । रौतहटको गढीमाई नगरपालिकाका प्रमुख र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेका पाइएको छ। नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले प्रमुख श्यामप्रसाद यादव (ग्राहक नं. ००८.१३.०१) र वडा नम्बर( ६का वडाध्यक्ष रामसिंहासन यादव (ग्राहक नं. ०७.२०.०३ ए) र गरुडा नगरपालिका( १ का वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं. १८.०८.१९)ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेलापारेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षेत्रमा विद्युत चोरी अत्यधिक रहेको गुनासो आएपछि महाशाखाका इन्जिनियर प्रदीपकुमार शर्माको नेतृत्वमा छड्के जाँच टोली खटाएका थिए। जनताबाट निर्वा्चित प्रमुख र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको घिसिङले बताए। टोलीले गत १४(२० माघमा रौतहटमा गरेको छड्के जाँचको क्रममा गढीमाई नगरपालिकाको बिनगरमा रहेका दुईवटा घरमा प्रमुख श्यामप्रसाद यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेलापारेको हो। टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण प्रमुखको घरमा राखिएको मिटर खोल्न नसकिएको बताए।
