यी युवकद्वारा ‘भ्यालेन्टाइन्स डे’मा सबै ‘सिंगल’लाई चिया खुवाउने घोषणा

यी युवकद्वारा ‘भ्यालेन्टाइन्स डे’मा सबै ‘सिंगल’लाई चिया खुवाउने घोषणा

भ्यालेन्टाइन्स डे सबैका लागि प्रिय नहुन सक्छ, विशेषगरी सिंगलका लागि । तर भारतका अहमदाबादका सिंगलका लागि भने यो दिन विशेष हुने भएको छ ।एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् ।उनीहरुले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ, Free Chai For Singles’

उक्त फेसबुक पेजमा लेखिएको छ – ‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’ यसबारे जानकारी दिँदै संस्थापक भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ ? सिंगललाई पनि पुल्पुल्याउन आवश्यक छ । त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’

भ्यालेन्टाइन्स डेमा बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म चिया बाँडिने उनले जानकारी दिए ।