खेती

खेती

कृषि प्रधान देश
खेती भएकै छ दोषारोपणको
जति सङ्ख्या छ कृषकको
त्यो भन्दा बढी
उत्पादन र उत्पादकत्व
एकाएक बढेको दोषरोपण खेती
अघाइरहेछौ हामी
विज्ञप्ति र आरोपणको खाद्यान्नले
हो / होईन
मान्छु / मान्दिन
हुन्छ / हुदैँन
दुई तिहाइ
समर्थन / विरोध ।
विचार र विवेक
शाक्ति र सीमा
ज्ञान र अज्ञानको
गरेर पूरै बेवास्ता
हामी खोज्दैछौ
बन्न सार्वभौम
स्वाभिमानी / स्वावलम्बी
विचारका थोक व्यापारी
गरिरहेछन् विज्ञापन
चाकरीको
प्रार्थना / स्तुति
सुनिरहेछु म
एउटा खेती
कस्तो खेती
पक्षमा / प्रतिपक्षमा
पाटीमा / गुटमा
परिवारमा / व्यक्तिमा
हराउदैँ गएको देशको सीमा
बढ्दै गएको परनिर्भरता
फैलदौ दोषरोपण खेती
म मात्र अब्बल विचार
लाग्छ यी सबै
आफुले खनेको खाल्डोमा आफै…
कहिले भन्नु पर्ने हो ?
…..सक्यो दैलो देख्यो ।