भारत बिरुद्द नेपाली महिला टोलिको इतिहासकै पहिलो जित,नेपाल १-२ ले बिजयि

भारत बिरुद्द नेपाली महिला टोलिको इतिहासकै पहिलो जित,नेपाल १-२ ले बिजयि

sports desk,भारतको उडिसामा चलीरहेको खेलमा नेपाली महिला टोलिले भारतीय महिलाटोली लाई १ का विरुद्ध दुई गोलले पराजित गरेको छ। केहीबेरअघि सम्पन्न भएको उक्त खेलमा नेपालको तर्फबाट दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्।

महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको यो पहिलो अवसर हो।

इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो।

सावित्राले दुवै गोल खेल शुरू भएको सात मिनेटभित्र गरेकी हुन्।

फूटबलतस्वीर कपीराइटANFA

हिराकुमारी भुजेलको लामो पासमा उनले उक्त गोल गरेकी थिइन्।त्यसको दुई मिनेट नबित्दै सावित्राले अर्को गोल थपिन्।यतिबेला विपक्षी गोलकीपरले राम्ररी बल नियन्त्रण गर्न नसकेपछि सावित्राले मौकाको फाइदा उठाएकी थिइन्।भारतको तर्फबाट ८४ औँ मिनेटमा रतनबाला देवीले गोल गरेकी थिइन्।