मुग्लिङ बाट पोखरा अब १ घण्टामै,मुग्लिङ-पोखरा सडक बिस्तार हुदै।

मुग्लिङ बाट पोखरा अब १ घण्टामै,मुग्लिङ-पोखरा  सडक बिस्तार हुदै।

कुरिनटार, फागुन १

मुग्लिन–पोखरा सडकखण्ड ४ लेनमा बिस्तार हुने भएको छ । अहिले डीपीआरको काम अन्तिम चरणमा रहेको सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालयका डेपुटी निर्देशक सुरेस पौडेलले जानकारी दिए । मुग्लिन–पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको डीपीआर क्यानेडियन कम्पनी एमएमएम ग्रुपले बनाइरहेको छ । प्रारम्भिक अनुमान अनुसार २० अर्व रुपैयाँको लागतमा उक्त सडकखन्डको बिस्तार पुरा हुने देखिएको पौडेलले जानकारी दिए । उक्त लागत डीपीआर तयार भएपछि केही फरक पर्न सक्ने जनाइएको छ । पौडेलका अनुसार उक्त योजनामा एडीबीले १५ अर्ब रुपैयाँ ऋण सहयोग गर्नेछ भने त्यसमा थप ५ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने छ । पर्यटकीयनगरी पोखरालाई जोड्ने प्रमुख मार्गको रुपमा रहेको यो सडकखन्ड डीपीआर तयार भएको ५ महिना भित्र ठेक्काको लागि टेन्डर आह्वान गर्ने तयारी भएको पौडेलले जानकारी दिए । ‘यो योजनाका लागि एडीबी सकरात्मक रहेको छ, सरासर काम भयो भने डीपीआर तयार भएको ५ महिनामा टेन्डर खोल्ने छाैँ,’ मेरोअटोसँग पौडेलले भने । टेन्डर आह्वानपछि थप ५ महिना भित्र ठेकेदार कम्पनीको छनोट पुरागरि सडक बिस्तारको काम अगाडि बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

कहिले सुरु हुन्छ विस्तार ?

डीपीआर र ठेक्का प्रकृया पुरागरि ठेकेदार कम्पनी छनोटमा करिब १० महिना खर्च हुने देखिन्छ । सबै काम सहितरिकाले हुने हो भने अबको एक वर्ष भित्र सडक बिस्तारको काम सुरु हुने छ । यसरी विस्तार हुने सडकमा पहिलो मापदन्ड सडक दुर्घटना न्यूनीकरण हुने पोडेलले जानकारी दिए । ‘सडकको बीचमा मिडियम राखिनेछ, त्यसले गर्दा विपरित दिशाबाट आएको गाडी ठोकिदैन र बस्ती भएको ठाउँमा सर्भिस लेन पनि राख्ने योजना बनाएका छौँ’ उनले भने ।

यस्तो हुनेछ सडक

उक्त सडक विस्तारपछि करिब २१ मिटर फराकिलो हुनेछ । अहिले करिब २ देखि ३ घन्टा लाग्ने उक्त सडक खन्डको यात्रा बिस्तारपछि एकदेखि डेढ घण्टा मात्र लाग्ने अनुमान गरिएको छ।इच्छा खबर