नेपालको प्रथम सहिदको सम्झनामा गोरखाको सहिद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा

नेपालको प्रथम सहिदको सम्झनामा गोरखाको सहिद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा

घैरुङ्ग, २ फागुन । नेपालको पहिलो सहिद घोषणा भएको लखन थापाको स्मृतिमा गोरखाको सहिद लखन गाउँ कार्यपालिकाले आज बिहीबार गाउँपालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका कार्यालयले विज्ञप्ति जारी गरी सहिद लखन थापाको स्मृति तथा सम्मानमा गाउँपालिकाभरि सार्वजनिक विदा दिएको हो । वि।सं। १९३३ फागुन २ गते सहिद लखन गाउँपालिका–७ काहुलेभँगारमा थापा र उनका सहयोद्धा जैसिङ चुमी मगरलाई तत्कालीन राणा सरकारको निर्देशनमा झुण्डाएर हत्या गरिएको थियो ।

सोही दिनको सम्झना तथा सम्मानमा गाउँपालिकामा रहेका सरकारी कार्यालय तथा स्कुलमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत नरेन्द्रराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।