साथीको फेसबुक खोलेर अन्य ब्यक्ति सङ सारिरिक सम्बन्ध राख्छु भन्दैChat गर्ने किशोरी पक्राउ

साथीको फेसबुक खोलेर अन्य ब्यक्ति सङ सारिरिक सम्बन्ध राख्छु भन्दैChat गर्ने किशोरी पक्राउ

कुरिनटार– साइबर क्राइमको आरोपमा डोटीमा  किशोरी पक्राउ परेकी छन् । आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको फोटोको प्रयोग गर्दै सामाजिक सञ्जालबाट अन्य व्यक्तिहरुसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्ने गरेको भन्दै उनका नाममा पीडित किशोरीले अपराध महाशाखा काठमाण्डौमा मुद्दा हालेकी थिइन् । पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।

घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाण्डौ हनुमान ढोका पठाउने तयारी भइरहेको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक धामीले बताउनुभयो ।