गजुरी बाट लागुऔसध चरेस सहित दुई कारोबारी युवा पक्राउ।

गजुरी बाट लागुऔसध चरेस सहित दुई कारोबारी युवा पक्राउ।

गजुरी धादिङ। जिल्ला प्रहरी कार्यालय धादिङ तथा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चरेश सहित बेनिघाट रोराङ १ सुन्दरनागीका मनिष लामा र विकाश तामाङलाई पक्राउ गरेको छ ।

लागू औषध चरेश ल्याएको आसंकामा प्रहरीले बिहिबार गजुरी ५ देउरालीमा बा २५ प ५२९३ नं. को कालो पल्सर मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकल चालक मनिष लामा र सोही मोटरसाईकलमा पछाडी सवार विकाश तामाङलाई चरेश सहित पक्राउ गरेको हो ।

उनीहरुको साथमा रहेको ६ पोकाको ९ किलो औषध चरेश, मोबाईल सेट थान २, SONY क्यामेरा १ थान र बा २५ प ५२९३ नं. को कालो पल्सर मोटरसाईकल समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।