इच्छाकामनामा ठूलो परिमाणमा अबैध काठ बरामत, दुई जना नियन्त्रणमा

इच्छाकामनामा ठूलो परिमाणमा अबैध  काठ बरामत, दुई जना नियन्त्रणमा

इच्छाकामना गा.पा.। चितवनमा ठूलो परिमाणमा सालको काठ सहित दुईजना पक्राउ परेका छन् । इच्छाकामना गाँउपालिका ७ हरिपुर सव डिभिजन वन कार्यालयको क्षेत्रभित्र पर्ने रानिखोला सामुदायिक बनबाट ११ थान गोलिया (१ सय ४ क्यूफिट) सालको काठ बरामद गरिएको हो ।

बजार मूल्य अनुसार सो काठ करिब साढे चार लाखको हो । काठ तस्करमा संलग्न रत्ननगर नगरपालिका १३ का गणेश क्षेत्री र खैरहनी नगरपालिका १ का विनोद वुर्लाकोटीलाई नियन्त्रणमा लिइएको छ । उनिहरुले काठ तस्करमा प्रयोग गरेको ना ४ च ७९४३ र ना ४ च ९३१० नम्बरको बोलेरो पिकअप समेत नियन्त्रणमा लिइएको डिभिजन बन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जना तस्करीमा प्रयोग भएको गाडिका चालक भएको पौडेलले बताउनुभयो ।विशेष सूचनाका आधारमा हरिपुर सव डिभिजन वन कार्यालय र रानिखोला सामुदायीक बन कार्यालयको गस्ति टोलीले सो काठ बरामद गरेको हो । बरामद गरिएको काठ सहित पक्राउ परेका व्याक्ति र गाडीलाई डिभिजन वन कार्यालय भरतपुरमा राखिएको छ । तस्करमा संलग्न अन्यको खोजी भइरहेको र उनिहरुलाई वन ऐन २०४९ अन्तर्गत कारवाही गरिने पौडेलले बताउनुभयो ।