कञ्चनपुरबाट फेरी पाँच किलो सुन बरामद

कञ्चनपुरबाट फेरी  पाँच किलो सुन बरामद

कञ्चनपुर,३ फागुन । कञ्चनपुरबाट पुनः पाँच किलो सुन बरामद गरेको छ। प्रहरीले गएराति शुक्लाफाँटा नगरपालिकाका लक्ष्मण तिरुवाको घरबाट पाँच किलो सुन बरामद भएको हो। सुनसहित तिरुवालाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले जानकारी दिए। यसअघि प्रहरीले बिहीबार बिहान पुनर्वास नगरपालिका २ दशरथ बस्तीबाट १८ किलो बरामद गरेको थियो।