साहित्यकार तेज विलासको (गित/गजल)
गीत/गजल
– तेज विलास
रुनपनि नभ्याइने एकान्तको बास मेरो
छुनपनि नसकिने अनन्तको त्रास मेरो ।पीडै पीडा खातै – खात कसलाई पो देखाउनु
कहिले कतै नमेटिने अन्तरको आश मेरो।आफु तान्छु एकातिर अर्कोतिर बज्रिदिन्छ
एकान्त नै प्यारो लाग्ने बिना दारु मात मेरो ।जति टाठा भाग्न खोज्छु कठिन मोड पछ्याउँछ
शान्तिपूर्वक बिताउन छैन सम्यक श्वास मेरो।पद पैसा प्रतिष्ठामा कुदिरैछन मान्छेहरु
सामान्य यो पथ पुरा के होला खै आश मेरो।रुनपनि नभ्याइने एकान्तको वास मेरो
छुनपनि नसकिने अनन्तको त्रास मेरो।
