नव स्मृति कप भलिबल आज ६ खेल, भोलि फाइनल खेल हुने

नव स्मृति कप भलिबल आज ६ खेल, भोलि फाइनल खेल हुने

सहिद लखन ,१९ फागुन । गोरखाको सहिद लखन गाउँपालिका राइनसमा जारी नव स्मृती कप भलिबल प्रतियोगिता २०७५ अन्तर्गत आज दोश्रो दिन ६ वटा खेल भएका छन्।शनिबार देखि सुरु भएको प्रतियोगितामा आज पहिलो खेलमा छिम्केश्वरी युवा क्लब आँबुखैरेनिले देउराली छाप युवा क्लब लाई हरायो भने दोश्रो खेलमा बुट्टार युवा क्लब बुट्टार ले वाक वभर दिएपछि आयोजक को ए र सी बिच भएको खेलमा ए टिम बिजयी भएको हो ।

त्यस्तै तेस्रो खेलमा त्रिबेणी युवा क्लब मुग्लिङ लाई हराउदै सत्यदेबी युवा क्लब ठेवाटार दोश्रो राउण्डमा प्रवेश गरेको थियो। आजै भएको खेलमा चुम्लिङ युवा क्लब चुम्लिङ टार लाई हराउदै सत्यदेबी सेमि फाइनल प्रबेश गरेको छ। त्यस लगतै भएको अर्को खेलमा एपीएफको टिम ग्रिन लाइट क्लब धुवाकोट लाई हराउदै सेमिफाइनल प्रबेश गरेको छ। आज भएको अन्तिम खेलमा छिम्केश्वरी क्लब आँबुखैरेनी मिर्मिरे युवा क्लब सिलिङ लाई हराउदै सेमि फाइनल प्रबेश गरेको छ।

भोलीको खेल सत्य देबि युवा क्लब बिरुद्द आयोजकको ए टिम र एपिएफ बिरुद्द छिम्केश्वरि क्लब आँबुखैरेनी बिच हुने छ। भोली सोमबार फाईनल खेल हुने आयोजक नव स्मृति यूवा परिवारका अध्यक्ष लक्ष्मण काप्रीले जानकारी दिनुभयो । प्रथम हुने टिमले नगद रु.५०,००० त्यस्तै दोस्रोले ३०,००० र तेस्रोले २०,००० प्राप्त गर्ने छ।
भोलि कार्यक्रमको समापन साथै विविध सास्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।