फेवातालमा प्याराग्लाइडिङ खसेर घाईते भएका पर्यटकको मृत्यु

फेवातालमा प्याराग्लाइडिङ खसेर घाईते भएका पर्यटकको मृत्यु

पोखरा,१९ फागुन । पोखराको फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ ।सारङकोटबाट उडेका रोमानीयाका नागरिक एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याइएको थियो ।

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।