पत्रकार ऋषि धमलाको कार दुर्घटना, यस्तो छ स्वास्थ्य अवस्था
काठमाडौं,२६ फागुन । पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् ।आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो ।
दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् ।
अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो । कार र मोटसाइकल दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन् ।
सामान्य घाइते भएपनि धमलाले नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन् ।

