भरतपुरमा सिलिण्डरबम विस्फोट, ५ नम्वर वडा कार्यालय ध्वस्त

भरतपुरमा सिलिण्डरबम विस्फोट, ५ नम्वर वडा कार्यालय ध्वस्त

चितवन २९ , फागुन । भरतपुरमा बम विस्फोट हुदाँ वडा  न ५ को कार्यालय ध्वस्त भएको छ । महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा मंगलवार राती शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको हो । बिस्फोटले तोरीखेतमा रहेको कार्यालय क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सुशीलसींह राठौरले जानकारी दिए । राती साढे १२ बजेतिरको समयमा बम विस्फोट भएको राठौरले जानकारी दिए ।

‘बिस्फोटले कार्यलय भवन ध्वस्त छ, मानविय क्षति भने नभएको राठौरले बताए । बिस्फोट लगत्तै आगलागी भएको थियो ।
घटना थाहा पाए लगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए ।
बिस्फोट कस्ले गराएको नखुलेको प्रहरीले जनाएको छ ।